जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ आज बिहानैदेखिको मौसम

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि केही तराइका जिल्लामा मौसम सफा रहने छ भने उच्च पहाडी जिल्लाहरुमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली र बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

साथै, प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

त्यसैगरी, राति पनि प्रदेश १, गण्डकी र सुदुर–पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि