जेठ ०६, २०८१, आइतबार
               

एउटाकाे परीक्षामा अर्कै विषयकाे प्रश्न–पत्र पाएपछि त्रिविका विद्यार्थी आन्दोलित

नेपाल फ्ल्यास
फागुन १६, २०७७

ADVERTISEMENT

त्रिभुवन विश्व विद्यालयले स्नातक तह तेस्रो वर्षको गणित विषयको परीक्षामा गलत प्रश्न-पत्र वितरण भएपछि आजको परीक्षा रद्द गरेको छ ।

त्रिविले वि.एड. तेस्रो वर्षको मूख्य विषय गणितको ‘एनलाइटिकल ज्योमेट्री (४३४)को परीक्षा तालिका भए पनि परीक्षार्थीलाई पहिलो वर्षको ‘क्याल्कुलश’ विषयको प्रश्न समावेश प्रश्न–पत्र वितरण गरेको थियो ।

गलत प्रश्न–पत्र वितरण भएपछि विद्यार्थीहरूले विरोध जनाएका कारण परीक्षा नियन्त्रण कार्यालय वल्खुले परीक्षा रद्द गरेको हो । त्रिविले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै विद्यार्थीले केहीबेर परीक्षा नियन्त्रण कार्यालय वल्खु पुगेर विरोध प्रदर्शन समेत गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि