असोज ०६, २०८१, आइतबार
               

धर्ना बसेका बादी समुदायमाथि लाठीचार्ज

नेपाल फ्ल्यास
फागुन १६, २०७७

ADVERTISEMENT

काठमाडौं  । स्थायी बसोबासका लागि लालपूर्जासहितको जग्गाको माग गर्दै धर्नामा बसेका बादी समुदायमाथि लाठीचार्ज भएको छ । 

कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि धर्नामा बसेका बादी समुदायमाथि आइतबार प्रहरीले लाठीचार्ज गरेको हो । 

एकसातादेखि आन्दोलनमा उत्रेका आन्दोलनकारीहरू माग पूरा गराउन नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय छिर्न खोजेपछि झडपको स्थिति सिर्जना भएको थियो । 

बादी संघर्ष समितिका संयोजक हिक्मत बादी शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठीचार्ज गरेको आरोप लगाए । प्रहरीको लाठी प्रहारबाट हिक्मत बादी, जानकी बादी, गगन बादी, करण बादी र मानकुमारी बादी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने प्रहरीले लाठी प्रहार नगरेको बताएको छ। शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको र थप आन्दोलन थप चर्काउँदै लैजाने उनीहरूले बताएका छन् ।

शनिबारसम्म शान्तिपूर्ण रूपमा धर्नामा बसेका बादी समुदायले आइतबार नाराजुलुससहित आन्दोलन गरेका थिए। घरसहितको खेतीयोग्य जमिन माग गर्दै सात दिनदेखि दैलेख, कालिकोट र सुर्खेतका ४०० बढी बादी समुदायका मानिस कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन्।


कस्तो लाग्यो ?

यो पनि