असोज ०५, २०८१, शनिबार
               

अभियुक्त दिनेश भट्टको डिएनए परीक्षणका लागि काठमाडौं पठाइयो

नेपाल फ्ल्यास
फागुन १६, २०७७

ADVERTISEMENT

बैतडी । दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षण हुने भएको छ । डिएनए परीक्षणका लागि रगतलगायतका नमुना राष्ट्रिय विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ ।

डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप प्रमाण पुष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । परीक्षण रिपोर्ट केही दिनमै आउने भएको छ । यसअघि भागरथीको भेजाइनल स्वाब पनि प्रयोगशाला पठाइएको थियो । तर, परीक्षण रिपोर्ट भने आएको छैन। 

गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा शव फेला परेका थियो। 


कस्तो लाग्यो ?

यो पनि