असोज ०५, २०८१, शनिबार
               

बाल सङ्गठनमा पौडेलको नेतृत्व

नेपाल फ्ल्यास
फागुन १६, २०७७

ADVERTISEMENT

भरतपुर । नेपाल बाल सङ्गठन चितवनको जिल्ला भेला तथा सातौँ अधिवेशनले रविकिरण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले सर्वसम्मतरूपमा समिति चयन गरेको हो ।

समितिको सदस्यमा हेमा पौडेल, मुकुन्दप्रसाद बिडारी, हरिकृष्ण शर्मा चापागाईँ, रामबाबु श्रेष्ठ, गुरुचन्द्र घिमिरे, प्रतिमा सिलवाल र अमृता भट्टराई रहेका छन् । एघार सदस्यीय समितिमा बाँकी दुई जना कार्यसमिति र एक जना केन्द्रीय समितिले मनोनयन गर्ने सभापति पौडेलले जानकारी दिए ।

निर्वाचित समितिका पदाधिकारीलाई नेपाल बाल सङ्गठन केन्द्रीय समितिका अध्यक्ष विद्या न्यौपानेले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । चारवर्षे कार्यकालका लागि निर्वाचित समितिका सभापति पौडेलले चितवनको बाल सङ्गठनले बालबालिकाका क्षेत्रमा परिवर्तन ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाए । 

यो पनि