असोज ०५, २०८१, शनिबार
               

परम्परागत खानामार्फत पर्यटन प्रवर्द्धन गरिने

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्द्धन गरिने भएको छ । कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःस्थापना गर्नका लागि ग्यास्टोनोमी टुरिजम एशोसिएशन अफ नेपालले नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्द्धन गर्न लागेको हो । 

एशोसिएशनका अध्यक्ष सुरेशचन्द्र बस्नेतले नेपालको मौलिक खानामार्फत विदेशी पर्यटक भित्र्याउन ग्यास्टोनोमी टुरिजम (खाना पर्यटन) लाई विकास गर्न लागिएको जानकारी दिए ।

‘एशोसिएशनले सातै प्रदेशमा नेपाली खानाको सम्भावित परिकारको बारेमा खोजी गरी मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्द्धनमा लाग्नेछ’, उनले भने । 

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।

एशोसिएशनका सचिव भावना केसीले नेपालको आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई पुनःस्थापनाका लागि सरकारले विशेष योजना बनाउनुपर्ने बताए ।  

यो पनि