जेठ ०५, २०८१, शनिबार
               

उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि मौसम प्रतिकुल परिवर्तनसँगै तराईका केही स्थानमा हल्का गर्मीको महसुस भएको छ भने केही उच्च हिमाली जिल्लाहरुमा चिसो र हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ । साथै, पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, राती पनि देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

त्यस्तै, पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि