बैशाख १७, २०८१, सोमबार
               

बादी समुदायलाई जग्गा दिन सक्ने मुख्यमन्त्री शाहीको स्पष्टोक्ति

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बादी समुदायलाई जग्गा दिन सक्ने बताएका छन् ।

जग्गाको माग गर्दै आन्दोलनरत बादी समुदायसँग शुक्रबार आफ्नै कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री शाहीले आफूहरुलाई चित्तबुझदो जवाफ नदिएको अगुवा हिक्मत बादीले बताए । अब थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले बताए । दैलेख, जाजरकोट, कालिकोट र सुर्खेतका बादी समुदाय स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै पाँच दिनदेखि धर्नामा बसेका छन् ।

झण्डै चार सय बादी समुदायका सदस्य धर्नारत छन् । 

माछा मार्ने, बालुवा चाल्ने, मादल र सुल्पा बनाएर गुजारा चलाउँदै आएका उनीहरु आफूहरुलाई ठेकेदारले खोला पस्न नदिने र खोला पस्नका लागि स्थानीय सरकारको अनुमति चाहिन थालेको भन्दै धर्नमा बसेकाहरुको गुनासो छ ।


कस्तो लाग्यो ?

यो पनि