बैशाख २०, २०८१, बिहीबार
               

गत सोमबार बेपत्ता दम्पती अझै फेला परेनन्

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । चार दिनदेखि बेपत्ता पिपरा गाउँपालिका–५ सहोडाको वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टकाअनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीलाई सुतिरहेका अवस्थामा गत सोमबार राति घरैबाट बेपत्ता भएका थिए । 

बूढाबूढी मात्रै घरमा सुतिरहेका अवस्थामा बेपत्ता पारिनु र उनीहरुको ओछयान र चौकसमा रगतका छिट्टा देखिनुले घटना रहस्यमय भएको भन्दै प्रहरीले मंगलबार बिहानैदेखि व्यापकरुपमा खोजतलास गरिहेको जनाएको छ ।

प्रहरीले गाउँको चारैतिरको वन चौर, झाडी, खोलानाला र छिमेकी गाउँ तथा जिल्लाको विभिन्न स्थानमा समेत व्यापकरुपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेको बताएको छ ।

वृद्ध दम्पती एउटा मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेको कारण उनीहरुको हत्या गरी शव बेपत्ता पारिएको हुन सक्ने स्थानीय बासिन्दाले आशंका गरेका छन् । उनीहरुको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म २० जना झिकाइ आवश्यक सोधपुछ गरे पनि कुनै पत्तो नलागेको प्रहरीको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि