असोज ०५, २०८१, शनिबार
               

पूर्वसभामुख ढुंगानाद्वारा आफूविरुद्ध परेको मुद्दा खारेज गरिदिन माग

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले आफूविरुद्ध परेको मुद्दा खारेज गरिदिन माग गरेका छन् । 

जनताको जिम्मेवारीपूर्ण खबरदारी अवहेलनाको विषय मानिन वा हुन नसक्ने भन्दै ढुंगानाले सर्वोच्च अदालतलाई आफूविरुद्ध परेको अवहेलनाको मुद्दा खारेज गरिदिन माग गरेका हुन् । 

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको अवस्थामा पूर्वसभामुख ढुंगानाले मुद्दासँग सम्बन्धित विषयमा अभिव्यक्ति दिएको र त्यसले न्याय सम्पादनमा अवरोध तथा दबाब परेकाले अवहेलना मुद्दामा सजाय गरिपाउँ भनी अधिवक्ता राजाराम घिमिरेले ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।


कस्तो लाग्यो ?

यो पनि