जेठ ०४, २०८१, शुक्रबार
               

बंगलादेशबाट भदौमा ल्याउने भनिएको मल एक सातापछि नेपाल आइपुग्ने

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

काठमाडौं  । निकै प्रचारित बंगलादेशबाट मल ल्याउने भनी प्रक्रिया थालेको ६ महिनापछि नेपाल आउने भएको छ । 

कृषि सामाग्री कम्पनी लिमिटेडले बंगलादेशसँग जिटुजीमा खरिद गरिएको युरिया मलको पहिलो लट कलकात्ता आइपुगेको बताउँदै एक साता दिनभित्रै २२ हजार पाँच सय मेट्रिकटन मल आउन लागेको जानकारी दिएको छ। 

कृषि सामाग्री कम्पनी लिमिटेडका अनुसार मल कलकत्ता आइपुगेको छ र भोलिबाट लोडअनलोड सुरु हुन्छ ।सो मल कलकत्ताबाट रेल मार्गमार्फत् नेपालका भैरहवा, विराटनगर र वीरगन्जस्थित गोदाममा आइपुग्ने कम्पनीले जनाएको छ ।

गत भदौमा बंगलादेशसँग सरकारले ५० हजार मेट्रिकटन युरिया मल खरिदका लागि प्रक्रिया अघि बढाइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि