असोज ०५, २०८१, शनिबार
               

युरोरडिस फोटो अवार्ड २०२१ मा नेपाल दोस्रो

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । ‘युरोरडिस फोटो अवार्ड २०२१’ मा नेपालले दोस्रो स्थान हात पार्न सफल भएको छ । 

दुर्लभ रोग लागेर जीवन बिताउन  बाध्य व्यक्तिको जीवन शैलीलाई उजागार गर्ने लक्ष्यका साथ आयोजित अन्तर्राष्ट्रिय फोटो प्रतियोगितामा पोखराका खिमकाजी लामिछाने दोस्रो भएका हुन् । बेल्जियमको ब्रसेल्समा भएको अन्तिम प्रतियोगितामा उनले दोस्रो स्थान हासिल गरेका हुन् ।
प्रतियोगितमा ३० मुलुकका चार सयभन्दा बढी फोटोपत्रकारले खिचेका दुई हजार ७३ फोटोहरु समावेश गरिएको थियो । 

सजिलै हाड भाँचिने रोग (ओस्टियो नेनेसिस इम्पेर्फेक्टा—ओआई) बाट पीडित आफ्नै छोरा अनिमेसलाई दुर्गा केसी ह्विलचियरका सहायताले विद्यालय पुर्‍याउँदै गरेको फोटो छामिछानेले प्रतियोगिताका लागि पठाएका थिए ।

एघार वर्षीय छोरा अनिमेसको अहिलेसम्म ४० पटक हाड भाँच्चिसकेको बताइएको छ । ओआईबाट ग्रसित भई हिँड्डुल गर्न नसके पनि पढ्ने इच्छालाई रोक्न नसक्ने सन्देश लामिछानेले कैद गरेको फोटोले दिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि