असोज ०५, २०८१, शनिबार
               

सिंह हत्याका अभियुक्त कारागार चलान

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । बझाङका अमृत सिंहको हत्याका अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

जिल्ला अदालत बझाङले छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको हत्याका अभियुक्तलाई पाँच वर्ष कारागार चलानको आदेश दिएसँगै अभियुक्त कारागार चलान भएका हुन् । 

पुर्पक्षका लागि कारागार चलान हुनेमा छबिसपाथिभेरा गाउँपालिका–३ का विकास ऐडी, प्रकाश ऐडी, केदारमान ऐडी र ज्ञानबहादुर कठायत छन् ।

घटनामा संलग्न मानिएका प्रतिवादी अर्का जयबहादुर रोकायालाई भने एक लाख धरौटीमा रिहा गर्ने आदेश भएको, तर सो रकम तिर्न नसकेपछि उनलाई पनि कारागार चलान गरिएको अदालतका कर्मचारी अक्कल रावलले जानकारी दिए ।

हत्याको अभियोग लागेका पाँचैजना यस अगाडि प्रहरी हिरासतमा थिए । गएको माघ १३ गते बान्नीचौर माविको विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर उनीहरूबीच विवाद भएको थियो । सोही विषयलाई लिएर वडाध्यक्ष विकास ऐडी र उनका भाइसहितको टोलीले सिंहलाई खुणा प्रहार गरी हत्या गरेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि