असोज ०५, २०८१, शनिबार
               

एसईई परीक्षा आगामी जेठको तेस्रो साता गर्ने तयारी

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

काठमाडौंं । राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठको तेस्रो सातामा एसईई परीक्षाको तयारी गरेको छ ।

परीक्षा बोर्डले एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी गरेको हो । 

बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको छ । बोर्डका उपाध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षाको लागि आन्तरिक तयारी भइरहेको उल्लेख गर्दै चैतभित्र औपचारिक परीक्षाको कार्यतालिकाबारे औपचारिक निर्णय गर्ने बताए ।

उनका अनुसार अहिले दुवै तहको परीक्षाको लागि बोर्डले विभिन्न चरणको काम गरिरहेको छ । बोर्डको यो तयारी कार्यान्वयन हुन सके विद्यार्थीको शैक्षिक सत्रमा दुई–तीन महिनाको हाराहारीमा मात्र क्षति हुने छ । विगतका वर्षमा चैतमा एसईई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरिएको थियो।

एसईईको लागि देशभरका विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्ने म्याद फागुन ६ गते सकिएको छ। हाल जिल्ला–जिल्लामा विद्यार्थीको अभिलेखीकरण गर्ने कार्य भइरहेको बोर्डले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि