जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ आज देशभरको मौसम

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि मौसम परिवर्तन भइ तराइका भू–भागमा हल्का गर्मी महसुस भएको छ भने उच्च पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । साथै, प्रदेश १, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

यसेगरी राति पनि पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि