बैशाख २१, २०८१, शुक्रबार
               

लागुऔषध मुद्दामा पक्राउ दुई जना अदालत परिसरबाटै फरार

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ दुईजना अदालत परिसरबाटै फरार भएका छन् । 

कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी जिल्ला अदालत मोरङ परिसरबाट फरार भएका हुन् ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले आइतबार शेखलाई कटहरीबाट र चौधरीलाई प्रहरीले बरगाछीबाट पक्राउ गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय मोरङबाट दुवै जनालाई सोमबार म्याद थपका लागि जिल्ला अदालत मोरङ लगिएको थियो । दुवै जनालाई पाँच/पाँच दिनको म्याद थप गराएपछि अदालतकै क्यान्टिनमा खाजा खाने क्रममा उनीहरू फरार भएको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।


कस्तो लाग्यो ?

यो पनि