बैशाख २०, २०८१, बिहीबार
               

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पुन: पानी हालियो

नेपाल फ्ल्यास
फागुन १०, २०७७

ADVERTISEMENT

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणका लागि पुन: सुरुङमा पानी हालिएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको सुरुङ भर्नका लागि सोमबार सो सुरुङमा पुन: पानी हालिएको हो ।

खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा खानेपानीमन्त्री मणि थापा र युवा तथा खेलकुदमन्त्री दावा तामाङले स्वीच दबाएर पानी पठाए पानी पठाएका थिए । 

यसअघि ३ चैत्र २०७६ मेलम्ची खानेपानी आयोजनाको मुहानस्थित मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको थियो। त्यतिबेला आयोजनाको मुहानस्थित 'हेड वर्क्स'बाट अम्बाथान अडिटसम्मको एक किलोमिटर सुरुङमा पानी पठाएर पहिलो परीक्षण गरिएको थियो । 

सुरुङमा पानी भरिएपछि करिब १० दिन  यतिकै राखिने, र त्यसपछि प्रतिसेकेन्ड २६० लिटरका दरले १५ देखि २० दिन लगाएर सुरुङ खाली गरिने र करिब सात दिन लगाएर सुरुङको गुणस्तर पुनः परीक्षण गरिनेछ ।

यसअघि यसअघि गत २९ असारमा पनी हाली सो सुरुङ परीक्षण गरिएको थियो ।सो क्रममा हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर पानी बाहिरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि