जेठ ०३, २०८१, बिहीबार
               

धामी झाँक्रीबाट शिक्षक कुटिए

नेपाल फ्ल्यास
फागुन १०, २०७७

ADVERTISEMENT

काठमाडौं । मोरङ कानेपोखरी गाउँपालिका–७ मा शिक्षकमाथि धामीझाँक्रीको समूहबाट कुटपिट भएको छ । 

बिरामी व्यक्तिलाई झारफुकमार्फत् निको बनाउने भन्दै धामीझाँक्रीको समूहले शिक्षक ३३ वर्षीय भीमकाजी गुरुङलाई निर्घात कुटपिट गरेका हुन् । उनी स्थानीय निजी विद्यालयमा पढउँदै आएका छन् ।  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारपछि उनलाई घर फर्काइएको छ । 

सात वर्षअघि उनलाई मानसिक समस्या देखापरेको थियो । ६ वर्षयता नियमित औषधि सेवन गरिरहेका उनलाई झाँक्रीले निको पार्ने भन्दै कुटपिट गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि