जेठ ०५, २०८१, शनिबार
               

एकै परिवारका तीन जना घरभित्र मृत फेला

नेपाल फ्ल्यास
फागुन १०, २०७७

ADVERTISEMENT

गोरखामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । सुलिकोट गाउँपालिका १ स्थित वारपाकमा घरभित्रतीन जना मृत अवस्थामा फेला परेका हुन् ।

आज बिहान घरमा मृत देखेपछि छिमेकी तथा आफन्तले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय जौवारिबाट प्रहरी निरीक्षकको टोली घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ । 

प्रहरीका अनुसार घरभित्र ८४ वर्षीय तिलबहादुर गुरुङ, १२ वर्षीया उषा गुरुङ र २१ वर्षीया आइतकुमारी गुरुङ मृत फेला परेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि