असोज ०५, २०८१, शनिबार
               

आफ्नै छोराको अपहरण गर्ने बुबा पक्राउ

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

धनुषा । आफ्नो छोरा अपहरण गर्ने बुबा पक्राउ परेका छन्  । प्रहरीले ७ घण्टामा बालककाे सकुशल उद्धार समेत गरेको छ । बालकको अपहरणमा संलग्न बालकका बुबा र मामासहित तीन जना पक्राउ परेका छन्  । 

धनुषाको नगइराइन नगरपालिका–६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए । साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै एक करोड फिरौती मागिएको थियो ।

बच्चालाई जनकपुरधामको माछा बजार नजिकै राखिएको अवस्थामा उद्धार गरिएको छ । बच्चाको अपहरणमा संलग्न भएका उनका दुई जना मामा पक्राउ परेका छन् । 

प्रहरीले अपहरित बालकका पिता रमेशलाई पनि पक्राउ गरेको छ । घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि