काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।
महाशाखाका अनुसार आज बिहानैदेखि मौसम पहिलाको तुलनामा परिवर्तन भइ उच्च पहाडी क्षेत्रमा केही चिसो र हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, दिउँसो पनि प्रदेश १ को पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने छ ।
साथै, राति पनि प्रदेश १ को पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।