बैशाख २९, २०८१, शनिबार
               

केपी ओली गैरजिम्मेवार, जवाफदेहिताविहीन र तानाशाह : गोविन्द केसी

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

प्रतिनिधिसभा विघटनको विरोधमा लगातार प्रदर्शन गर्दै आएका डा. गोविन्द केसीले शनिबार आफ्ना माग ११ गतेसम्म पूरा नभएमा यसअघि भने अनुसार नै १२ गतेदेखि सत्याग्रहमा बस्ने बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्ट मात्रै होइनन्, गैरजिम्मेवार, जवाफदेहिताविहीन र तानाशाह  बताए- ‘हिजो श्री ५ थिए अहिले छैनन् । जनताले श्री ७ बन्न खोज्ने ओलीसहितका प्रवृत्तिहरुलाई पनि ठेगान लगाउने छन् ।’

प्रतिनिधिसभा विघटन अवैध रहेकाले खारेज हुनु पर्ने, संवैधानिक निकायमा भएको नियुक्ति अमान्य हुनु पर्ने तथा स्वास्थ्य शिक्षा सुधारका लागि आफूसँग भएको सहमति कार्यन्वयन गर्नका लागि दिएको फागुन ११ को समय सीमामा माग पूरा नभए त्यसको भोलिपल्टदेखि सत्याग्रह थाल्ने उनले बताएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि