जेठ ०५, २०८१, शनिबार
               

आजको मौसम बिहानैदेखि सफा

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहानैदेखि सफा भएको जनाएको छ । महाशाखाका अनुसार बिहानैबाट उच्च पहाडी जिल्लाहरुमा हिमपात र वर्षाको सम्भावना रहेको छ भने बाँकी भू–भागमा मौसम सफा भएको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । साथै, प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, राति पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि