बैशाख १९, २०८१, बुधबार
               

भागरथी भट्टको गरियो अन्त्येष्टि

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७  चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव अन्त्यष्टि गरिएको छ । 

मृत भेटिएकी १७ औँ दिनमा शुक्रबार उनका आफन्तले शव बुझेसँगै उनको अन्त्येष्टि गरिएको हो । उनको शव शुक्रबारै दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

यसअघि भागरथीको शव  जिल्ला बैतडीको शवगृहमा राखिएको थियो । भागरथीको  शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिकदललगायत सहभागी थिए । 

गत माघ २२ गते वीभत्स र निर्वस्त्र अवस्थमा मृत भेटिएपछि अपराधी पत्ता लगाउनुपर्ने माग राख्दै आफन्तले उनको शव बुझ्न अस्वीकार गर्दै आएका थिए । प्रहरीले  बुधबार चडेपानीकै दिनेश भट्टलाई घटनामा संलग्न रहेको भन्दै सार्वजनिक गरेपछि उनको शव परिवारले बुझेका हुन् । 

सार्वजनिक गरेको दिनसम्म दिनेशले आफूले भागरथीको हत्यामात्रै गरेको बताउँदै आएका थिए, तर बिहीबार दिनेशका बुबासमेत राखेर सरकारी वकिलमा गरिएको बयानका क्रममा दिनेशले आफूले नै बलात्कार गरी हत्या गरेको स्वीकार गरे ।

तर, शव बुझ्नुभन्दा पहिला पीडित परिवारले अभियुक्तले बयान फेरिरहेको बताउँदै निष्पक्ष रुपमा अनुसन्धान गर्न आग्रह गरेका थिए ।  

यो पनि