काठमाडौं । बृहत् नागरिक आन्दोलनको अग्रसरतामा टुँडिखेलमा मार्च भएको छ ।
प्रतिनिधिसभा विघटनको सरकारको कदमलाई प्रतिगमनको संज्ञा दिँदै टुँडिखेल फिर्ता गर् भन्दै शुक्रबार बृहत् नागरिक समाजमा मार्चपसामा उत्रिएको हो ।
रत्नपार्क, शंखधर साख्वा पार्कबाट सुरु भएको मार्च भद्रकाली, शहीद गेट हुँदै संकटा मन्दिरमा पुगेर सभामा परिणत भएको छ । मार्चपासमा सहभाीहरुले ‘टुँडिखेल फिर्ता गर्’, ‘गणतन्त्र जिन्दावाद’, नागरिक आन्दोलन सफल पारौँ, ‘प्रतिगमन मुर्दावाद’ लगायत नारा लगाएका थिए । कार्यक्रममार्फत् नागरिक घोषणापत्र जारी गर्ने कार्यक्रम छ ।