असोज ०५, २०८१, शनिबार
               

सम्पूर्ण शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली : अध्यक्ष तिमिल्सिना

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आज ७१औँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ को अवसरमा शुभकामना दिएका छन् ।

सो अवसरमा उनले स्वदेश तथा विदेशमा रहेएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथासुख,शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले १०४ वर्षे जहाँनिया निरंकुश राणा शासन अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना गर्न तथा त्यसपछिका लोकतान्त्रिक आन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि