असोज ०५, २०८१, शनिबार
               

यस्तो छ आजकाे मौसम

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम फेरबदल भइ तराइ क्षेत्रमा न्यानो र उच्च पहाडी क्षेत्रमा चिसो र हिमपातको समेत सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको रहेने छ । साथै, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राति पनि प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको बताइएको छ । त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि