जेठ ०५, २०८१, शनिबार
               

आजको मौसम बिहानैदेखि सफा

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज मौसममा परिवर्तन भइ देशका धेरै स्थानमा सफा रहनेछ भने उच्च पहाडी जिल्लाहमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश २ र प्रदेश ३ लगायत देशका केही पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, राति पनि प्रदेश १ मा आंशिक बदली रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने छ भने उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जलाएको छ ।


कस्तो लाग्यो ?

यो पनि