जेठ ०५, २०८१, शनिबार
               

आगलागीकाे घटना बढ्दो, २४ घण्टाभित्र १९ स्थानमा आगलागी

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । सुक्खा मौसमसँगै देशभर आगलागीकाे संख्या बढ्न थालेकाे छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर १९ जिल्लामा आगलागी भएकाे छ । 

प्राधिकरणका अनुसार उक्त आगलागीबाट ३ जना घाइते भएका छन् । आगलागीबाट करोडौ रुपैयाँ बराबरकाे क्षति भएकाे छ । उपत्यकाकाे काठमाडौं, ललितपुरलगायत देशका विभिन्न स्थानमा आगलागी भएकाे हाे ।

गत बैसाखदेखि हालसम्म आगलागीबाट ७६ जनाले ज्यान गुमाइसकेका छन् । देशभर १ हजार ७४६ आगलागी हुँदा ३०० जना घाइते भएका छन् । साथै ८४२ चौपायाकाे क्षति भएकाे छ । उक्त आगलागीबाट १ अरब ३२ करोड ८३ लाख ६० हजार ३३६ रुपैयाँ क्षति भएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि