असोज ०५, २०८१, शनिबार
               

संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार दिने परिकल्पना गरेको छैन : वरिष्ठ अधिवक्ता खरेल

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

एमिकस क्युरी (अदालतका सहयोगी) का रुपमा चयन भएका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले संविधानले कल्पनै नगरेको विशेषाधिकार प्रधानमन्त्रीलाई छ, भन्न नमिल्ने बताएका छन् । बुधबार एमिकस क्युरीकाे रुपमा बहस गर्दै यस्तो बताएका हुन् । 

संविधानले कार्यपालिकालाई कुनै विशेषाधिकार नदिएको भन्दै उनले भने,‘संविधानमा विशेषाधिकार सम्बन्धी २ वटा धारा छन्, धारा १०३ र धारा १८७।’  २०४७ को संविधानमा भएको धारा ५३ (४) हटाउनु भनेको लुकाएर राखेको नभएको समेत उनले बताए । खरेलले संविधानको धारा ८५ मा ‘यस संविधान बमोजिम’ भनेको ७६(७) नै भएको उल्लेख गरे ।

उनले बहसकाे क्रममा भने,-‘हाम्रो संविधानले कार्यपालिकालाई कुनै विशेषाधिकार दिएको छैन । बोल्दै नबोली प्रधानमन्त्रीको हकमा लुत्त लुत्त विशेषाधिकार राख्नुपर्ने किन हुन्छ र ? हाम्रो संविधानले कल्पनै नगरेको विशेषाधिकार छ भन्न मिल्दैन ।’

यसअघि प्रधानमन्त्री र सरकारका वकिलहरूले विघटन राजनीतिक प्रश्न भएकाले अदालत प्रवेश गर्न नमिल्ने जिकिर गरेका थिए ।

 


कस्तो लाग्यो ?

यो पनि