काठमाडौं महानगरपालिकाले खुलामञ्च खाली गर्न भन्दै आज डोजर लगाएकाे छ । महानगरपालिकाले डोजर लगाएर खुलामञ्चमा रहेका संरचना हटाइएको छ । खुलामञ्चमा टहराहरू र निर्माण सामग्री राखिएको थियो ।
दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेकाले ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाएकाे महानगरपालिकाले जनाएकाे छ ।
खुलामञ्चमा निर्माण सामग्री थुप्रिदा विभिन्न सभासम्मेलनहरू सडकमा हुने गरेकाे थियो ।