असोज ०५, २०८१, शनिबार
               

बैतडीकी भागरथीको हत्यामा संलग्न किशोर पक्राउ

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । गत माघ २१ गते बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न भएको अभियोगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख नाराणप्रसाद अधिकारीका अनुसार हत्यामा भागरथीसँगै अध्यनरत सहपाठी किशोरको संलग्नता रहेको पाइएको छ ।

​भागरथीसँगै स्थानीय सनातम धर्म माध्यमिक विद्यालयमा अध्ययनरत किशोरले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका ती किशोरलाई पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ । उनले प्रहरी समक्ष भीरबाट लडाएर घाइते बनाएपछि बलात्कार गरी हत्या गरेको अधिकारीले बताए । 

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भट्टको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो । उक्त घटनाको निन्दा गर्दै देशभर हत्यारालाई पक्राउ गरी कडा कारवाहीको माग भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि