जेठ ०५, २०८१, शनिबार
               

प्रहरी भागिरथी भट्टको हत्यारानजिक पुगेको गृहमन्त्री थापाको भनाइ

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्यारानजिक प्रहरी पुगेको बताएका छन् ।

बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै मंगलबार सर्वोच्च अदालत बार एसोसिएसन,महिला समितिको नेतृत्वमा मन्त्रालयमा गएको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा मन्त्री थापाले सो बताएका हुन् । भेटका क्रममा उनले घटनाका दोषीलाई छिट्टै पक्राउ गरी कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता जनाएका छन् ।

भट्टसम्बन्धी घटना कञ्चनपुरकी निर्मला पन्तको जस्तो जटिल नरहेको जनाउँदै मन्त्री थापाले विगतबाट पाठ सिकेर टुंगोमा पुर्‍याउने गरी छानबिन प्रक्रिया अघि बढेको बताए ।

महिला हिंसा रोक्न सरकार गम्भीर रहेको र त्यसैका लागि नेपाल प्रहरीमा महिला सेल स्थापना गरिएको बताउँदै उनले हिंसा, बलात्कारका घटना हुन नदिन र भएमा तत्काल दोषी पहिचान गरी कानुनी कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइएको बताए । 

महिला कानुन व्यवसायीले सो घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

२०७५ साउन ११ मा कञ्चनपुरकी पन्तको बलात्कारपछि हत्या भएकामा दोषी अहिलेसम्म पहिचान हुन नसकिरहेका बेला गत माघ २२ गते बैतडीकी भट्टको पनि बलात्कारपछि हत्या भएको थियो ।

यो पनि