बैशाख २३, २०८१, आइतबार
               

गैरसंवैधानिक उद्देश्य राखेर संसद् विघटन गरिएको एमिकस क्युरी सदस्य कार्कीको निष्कर्ष

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरी (अदालतका सहयोगी) तोकिएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संसदीय व्यवस्थामा विघटनको अधिकार हुने, तर ओलीले गलत इन्टेन्सन राखेर संसद् विघटन गरेको बताएका छन् । 

कार्कीले संसद्  र सरकार असफल भएको अवस्थामा मात्रै विघटन गर्न सकिने बताउँदै प्रधानमन्त्री ओलीले गलत मनसायका कारण संसद् विघटन गरेको बताएका हुन् ।

निर्वाचनमार्फत् जनताबाट चुनिएका प्रतिनिधिबाट संसद् बनेको बताउँदै उनले त्यही संसद्ले प्रधानमन्त्री बनाएको, तर प्रधानमन्त्री संसदप्रति जवाफदेही रहनुपर्ने उनको भनाइ छ । ‘अदालतले चिन्ने भनेको उहाँ संसदप्रति जवाफदेही हुनुपर्छ भन्ने हो’, उनले भने, ‘तर, प्रधानमन्त्रीले पार्टीको झगडा ल्याएर संसद् विघटन गरेको देखिन्छ ।’ पार्टीको विवादका कारण संसद् विघटन गरिएको बताउँदै उनले प्रधानमन्त्रीले गैरसंवैधानिक कार्य गरेको बताए । 

संसदीय व्यवस्थामा विघटनको अधिकार हुने बताउँदै उनले ओलीको इन्टेन्सन गलत भएको बताए । गैरसंवैधानिक उद्देश्य राखेर प्रधानमन्त्रीले संसद् विघटन विघटन गरेको कार्कीको निष्कर्ष छ ।

गलबारदेखि संसद् विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा एमिकस क्युरीले मंगलबारदेखि राय दिन सुरु भएको हो  । कार्की  नेपाल बारको रिफारिसमा एमिकस क्युरीका रुपमा चयन भएका थिए । बुधबारदेखि बाँकी चार जनाले क्रमश: आफ्नो राय दिनेछन् । 

इजलासले कार्कीलाई दुई दिनभित्र आफूले गरेको बहसको नोट बुझाउन पनि भनेको छ । 

यो पनि