असोज ०५, २०८१, शनिबार
               

काठमाडौं जिल्ला अदालतमा न्यायाधीशकै अगाडि कर्मचारीको कुटाकुट

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा न्यायाधीशकै अगाडि कर्मचारीले एकआपसमा कुटाकुट गरेका छन् । इजलास अधिकृत र फाँटका कर्मचारीबीच कुटाकुट भएको बताइएको छ ।  

न्यायाधीशकै अगाडि भएको सो कुटाकुटमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते भएको अदालतका श्रेष्तदार भीमबहादुर निरौलाले बताए । प्राप्त जानकारी अनुसार नायब सुब्बा नेत्रप्रसाद बास्तोला र शर्माबीच कुटाकुट भएको हो ।  यसअघि भइसकेको आदेशको व्यहोरालाई लिएर शर्मा र बास्तोलाबीच कुटाकुट भएको उक्त अदालतले जनाएको छ ।

 ‘दुबैको दाबी पहिले अर्कैले आक्रमण गरेका भनेका छन्, सुब्बा सापको हकमा इजलासले घटना विवरण माग गरेको छ, उहाँले पनि छानबिन गरिपाउँ भनेर निवेदन दिनुभएको छ, हामी अनुसन्धानका क्रममा छौँ, अनुसन्धान गरेर दोषीलाई कारबाही हुन्छ’, निरौलाले भने ।

उनका अनुसार १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीको अगाडि उक्त झगडा भएको हो । सोमबार इजलास प्रारम्भ भएर न्यायाधीश अधिकारी मिसिल अध्ययनकै सिलसिलामा रहेको अवस्थामा दुई जनाबीच झगडा भएको हो ।

नायब सुब्बा बास्तोलाले सिधै कार्यालय प्रमुखलाई बोलाउने गरी पत्र काट्नुपर्ने अडान राखेका थिए । सोही विषयलाई लिएर दुईबीच हात हालाहालको अवस्था सिर्जना भएको हो। घाइते शर्माको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

निरौलाका अनुसार दुईबीच यसअघि भएको आदेश कुन ब्यहोरामा सही गराउने भन्ने विवाद प्रारम्भिक रुपमा देखिएको छ। मालपोतलाई भएको उक्त आदेशमा इजलास अधिकृत शर्माले सुरुमा कार्यालयलाई पत्र काट्नुपर्ने अडान राखेका थिए ।  
 

यो पनि