जेठ ०५, २०८१, शनिबार
               

उच्च पहाडी भू–भागमा हिमपातको सम्भावना

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैबाट मौसम बदली भइ केही पहाडी जिल्लाहरुमा हल्का चिसो र थोरै हिमपातको पनि सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक हिमपातको सम्भावना रहेको छ ।

साथै, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ ।

 उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै, प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि