असोज ०५, २०८१, शनिबार
               

नक्कली डाक्टर पक्राउ

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

नक्कली डाक्टर बनी सिफारिस गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ कान्ति संगममार्ग बस्ने अर्घाखाँची मालारानी गाउँपालिका-८ घर भएका ३६ वर्षीय जितेन्द्र पन्थीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रको लागि निवेदन दिने क्रममा नियम अनुसार आवेदन फाराम भरे पछि फारामको अन्त्यमा काउन्सिलमा स्थायी दर्ता भएका चिकित्सकले दस्तखत गरी प्रमाणित गरी दिनुपर्ने प्रकृया रहेकोमा गत असोज ६ गते डा. कृष्ण रिजालको निबेदन फारममा जितेन्द्रले डा. जितेन्द्र शर्मा, एनएमसी रजिष्ट्रेशन नम्बर २३६४ लेखी सहिछाप गरेकोमा कीर्ते गरेको शंका लागी अनुसन्धान गर्ने क्रममा उनले नेपाल मेडिकल काउन्सिलबाट लाईसेन्स प्राप्त नगरी सहिछाप गरेको खुल्न आएपछि उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि