जेठ ०१, २०८१, मंगलबार
               

५ किलो चरेश रुस पठाउने अभियुक्त पक्राउ

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

नेपालबाट रुसमा ५ किलो अवैध लागूऔषध चरेश पठाउने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङ वेशीसहर नगरपालिका-१० ठेगाना भएका ५२ वर्षीय टेक बहादुर राउतलाई ललितपुर महानगरपालिका-३ पुलचोकबाट प्रहरीले पक्राउ गरेको छ ।

नेपालबाट पठाउनेमा कीर्ति क्राफ्ट लिमिटेड काठमाडौंबाट रुस पठाएकाे अवस्थामा चरेश बरामद भएको थियो । रुसमा अनुसन्धान भइरहेकोमा रुस सरकारबाट पारस्परिक कानूनी सहायताका लागि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरमा पत्र पाप्त भएपश्चात थप अनुसन्धान गर्ने क्रममा उक्त व्यूरोबाट खटिएको टोलिले उनलाई पक्राउ गरेकाे हाे ।

उनी उपर लागूऔषध चरेश कारोबार मुद्दामा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि