जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि केही तराइ क्षेत्रमा न्यानो महसुस भएको छ भने उच्च पहाडी जिल्लाहरुमा केही परिवर्तन भइ हिमपातको समेत सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साथै, देशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । आज देशभर तापक्रममा हल्का गिरावट आउन सक्ने महाशाखाको भनाइ छ ।

यसैगरी राति पनि प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू(भागका धरैजसो स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि