मंसिर ०७, २०८१, शुक्रबार
               

कीर्ते हस्ताक्षर गर्ने नगरपालिकाका तीन कर्मचारी पक्राउ

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

बारा । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुखसँगको मिलेमतोमा कीर्ते हस्ताक्षर गरी माइन्युट गरेको आरोपमा प्रहरीले तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ। 

सिम्रौनढ नगरपालिकाको गत असार २६ गते भएको नगरसभाको माइन्यूटमा कीर्ते हस्ताक्षर गराएर नगरप्रमुख विजयशंकर यादवलाई सघाएको आरोपमा प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए । 

माइन्युटमा कीर्ते हस्ताक्षर गरेको आरोपमा प्रहरीले नगरपालिकाको योजना शाखाका जितेन्द्र यादव, लेखा अधिकृत सर्वेन्द्र चौधरीलाई तीन दिनअघि नै नियन्त्रणमा लिएको थियो भने प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल आइतबार हाजिर भएका छन् । 

नगरप्रमुख यादव आफ्नो हिसाबले कीर्ते हस्ताक्षर गराई नगरसभा सम्पन्न गरेपछि नगर उपप्रमुख रीमादेवीको नेतृत्वमा नगर कार्यपालिकाका १७ जना सदस्यहरुले जिल्ला अदालत बारामा मुद्दा दिएका थिए । मुद्दा परेपछि नगरप्रमुख यादव हाजिर भएर तारिखमा छुटेको उपप्रमुख रिमाले जानकारी दिइन् ।

मुद्दाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि