असोज ०६, २०८१, आइतबार
               

विनयविरुद्ध सपनाले दिइन् जाहेरी

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । सपना रोका मगरले विनयजंग बस्नेतविरुद्ध जाहेरी दिएकी छिन् ।

सपना केही समयअघि बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल भएकी थिइन् ।

सपनाले 'आफ्नो मानमर्दन् तथा बेइज्जत गरेको' भन्दै बस्नेतविरुद्ध जाहेरी दिएको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रहरी प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए ।

पछिल्लो समय विनयले 'सपनाको अश्लील सामग्री (फोटो/भिडियो) सार्वजनिक गर्ने' सार्वजनिकरुपमा अभिव्यक्ति दिँदै आएका थिए ।

सपना र विनयले काठमाडौंका बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएका थिए ।

उनीहरुले त्यस समय एकअर्कालाई बाबु छोरीको रुपमा रहेको बताउने गरेका थिए ।

विनय र सपनाबीच पछिल्लो समय खटपट भएको सार्वजनिक भएको थियो ।

बिबिसीले सपनालाई संसारकै १०० प्रभावशाली महिलाको सूचीमा चयन गरेको केही समयपछि उनीहरुबीचको विवाद बाहिरिएको थियो । 

हाल उनीहरुले छुट्टाछुट्टै समूहमा काम गर्न थालेका छन् ।

उजुरी परेसँगै प्रहरीले विनयलाई पक्राउ गर्ने तयारी गरेको छ ।

यो पनि