जेठ ०२, २०८१, बुधबार
               

चालू शैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालू शैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी गरेको छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकले  केन्द्रबाटै एसइई र शिक्षा नियमावली संशोधन गरी शैक्षिकसत्र कायम गर्न स्वीकृति भएसँगै सो तयारी भएको हो । 

विद्यमान नियमावलीमा वैशाख १ गते नयाँ शैक्षिक सत्र सुरु हुने र चैत मसान्तमा सकिने उल्लेख छ । तर, कोरोना महामारीले पठनपाठन प्रभावित भएकाले नियमावली संशोधन गरी  चालू शैक्षिक सत्रमा दुई महिना थप गर्न लागिएको  छ ।

शैक्षिक सत्र लम्बिए विद्यालय तहका सबै कक्षाका वार्षिक परीक्षा जेठको अन्तिममा हुनेछ भने असारमा नयाँ शैक्षिक सत्र सुरु हुनेछन्।

कोरोनाले शैक्षिक क्षति भएका कारण चालू शैक्षिक सत्रलाई १४ महिनाको बनाउनुपर्ने र आगामी शैक्षिक सत्रलाई १० महिनाभित्रै सिध्याउनुपर्ने शिक्षाविद्हरुले सुझाव दिँदै आएका छन् । यसका अलावा मन्त्रालयमा आगामी शैक्षिक सत्रको हिउँदे र बर्खे बिदा कटौती गरी शैक्षिक सत्र पूरा गर्ने कि भनी छलफल चलिरहेको छ । 

एसइई परीक्षा कहिले सञ्चालन गर्ने भन्ने विषयमा भने राष्ट्रिय परीक्षा बोर्डले निर्णयसहित समयतालिका प्रकाशित गर्नेछ । शिक्षा मन्त्रालयले कोरोनाले प्रभावित विद्यार्थीलाई विद्यालय परिवर्तन गर्न लचिलो व्यवस्था गर्न लागेको छ ।


कस्तो लाग्यो ?

यो पनि