असोज ०५, २०८१, शनिबार
               

दुर्घटना हुँदा २ को मृत्यु, ६ जना घाइते

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

धादिङ । बेनीघाटरोराङ गाउँपालिका–७ चरौँदीस्थित पृथ्वीराजमार्गमा दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार रोकिराखेको ट्रकमा माइक्रो बस ठोक्किँदा दुईजनाको मृत्यु हाे । नवलपरासीबाट काठमाडौँका लागि छुटेको  बा ३ ख ८४ नम्बरको माइक्रोबस शनिबार बिहान करिब साढे ६ बजे सडकमा रोकिराखेको ना ६ ख ४६० नम्बरको मालबाहक ट्रकको पछाडि ठक्किएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएकाे छ । 

नवलपरासीको देउचुली–१६ की ५० वर्षीया हिरामाया गुरुङ र सोही ठाँउकी करिब ६५ वर्षीया कृष्णकुमारी केसीकाे मृत्यु भएकाे हाे ।


कस्तो लाग्यो ?

यो पनि