असोज ०५, २०८१, शनिबार
               

प्रेस युनियनले गर्‍यो पत्रकारको दुर्घटना बीमा

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

डोटी । नेपाल प्रेस युनियन डोटीले आफ्नो सङ्गठनमा आवद्ध पत्रकारहरूको दुर्घटना तथा जोखिम बीमा गरेको छ । युनियनमा आवद्ध भएर विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका जिल्लाका ७० पत्रकारको दुर्घटना तथा जोखिम बीमा गरिएको युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए । उनले भनेे, “काम गर्ने शिलशिलामा पत्रकार निकै जोखिममा हुने भएकाले हाम्रो सङ्गठनमा आवद्ध पत्रकारको बीमा गरेका छौँ, यसले काम गर्न हौसला मिल्ने छ ।”

एशियन लाइफ इन्स्योरेन्स दिपायल शाखामा पत्रकारको एक लाख बराबरको बीमा गरिएको छ । यसअघि युनियनले सङ्गठनमा आवद्ध सदस्यसहित ९२ पत्रकारको कोराना बीमा गरेको थियो । जिल्लामा आफ्नो सङ्गठनमा आवद्ध पत्रकारको बीमा गर्ने प्रेस युनियन पहिलो सङ्गठन बनेको छ । प्रेस युनियनमा आवद्ध बीमा गरिएका पत्रकार कुनै दुर्घटनामा परे तत्काल एशियल लाइभ इन्स्योरेन्स दिपायल शाखाबाट बीमित रकम पाउने शाखा प्रमुख नवराज पण्डितले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि