जेठ ०५, २०८१, शनिबार
               

कान्तिदेवीको हत्यामा संलग्न दुईजना सार्वजनिक

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

रौतहट । यही माघ २५ गते राति हत्या गरिएकी कान्तिदेवी कुशवाहाको हत्यारालाई बारा प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–१ कचहरिया टोलका ४२ वर्षीय लालबाबुप्रसाद कुशवाहा र धनेश्वरीदेवी कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

घटनास्थलबाट प्राप्त वस्तुको आधारमा प्रहरी नायब उपरीक्षक मिश्रको नेतृत्वमा छनबिन समितिको टोलीले लालबाबु र धनेश्वरीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि