जेठ ०५, २०८१, शनिबार
               

आजको मौसम : पहिलाको तुलनामा परिर्वतन

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम पहिलाको तुलनामा परिर्वतन भइ केही हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै, प्रदेश १ का पहाडी भू–भागका एक–दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

यसैगरी राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि