असोज ०५, २०८१, शनिबार
               

मिडिया नेपालको राष्ट्रिय भेला फागुन २१ र २२ बुटवलमा हुने

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । मिडिया नेपालको दोस्रो राष्ट्रिय भेला आगामी फागुन २१ र २२ गते लुम्बिनी प्रदेशको बुटवलमा हुने भएको छ । मिडिया नेपालको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । 

भेलालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि मिडिया नेपालका उपाध्यक्ष श्रीधर सुवेदीको संयोजकत्वमा उपाध्यक्ष सूर्य बाँस्तोला र केन्द्रीय सदस्य पुरु दाहाल सदस्य रहेको राष्ट्रिय भेला मूल आयोजक समिति गठन गरिएको छ । 

बैठकले देशका पछिल्लो राजनीतिक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै मिडिया नेपालले सबै सञ्चारकर्मीलाई दलगत स्वार्थभन्दा माथि उठी राष्ट्रिय हितमा कलम चलाउन तथा राष्ट्रिय एकतामा गम्भीर हुन आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि