बैशाख २०, २०८१, बिहीबार
               

प्रतिनिधिसभा विघटनको विरोधमा महिला मार्च

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । महिला हिंसा र प्रतिनिधिसभा विघटनको विरोधमा राजधानीमा महिला मार्च भएको छ ।

महिला हिंसा बन्द गर्, बलात्कारीलाई सजाय दे, हत्यारा पहिचान गरेर कारबाही गरजस्ता नारा लेखिएकाप्लेकार्ड बोकेर उनीहरुले मार्चपास गरेका हुन् । सो क्रममा सरकारले महिला हिंसा रोक्न नसकेको भन्दै उनीहरुले आक्रोश व्यक्त पोखिरहेका थिए । 

काठमाडौंको वसन्तपुराट सुरु भएको महिला मार्च रत्नपार्क हुँदै भद्रकालीबाट सिहंदरबारतर्फ अगाडि बढ्ने बताइएको थियो । तर, भद्रकालीमै प्रहरीले रोकेको थियो । 

महिला मार्चसहितको विरोध प्रदर्शनमा विभिन्न राजनीतिक दलसँग आबद्ध महिला नेतृसँगै मानवअधिकार क्षेत्रमा क्रियाशिल महिलाहरुको सहभागिता थियो । 

पुस ५ मा संसद् विघटनसँगै देशभर नेकपाकै एक धार र अन्य दल आन्दोलित छन् । यही बीचमा भागिरथीको बलात्कारपश्चात् हत्या भएको छ । जसको दोषी अझैसम्म पत्ता लाग्न सकेको छैन ।


कस्तो लाग्यो ?

यो पनि