असोज ०६, २०८१, आइतबार
               

धरहरा पुनर्निर्माण फागुनभित्र सक्नू : प्रधानमन्त्री

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका रुपमा रहेका धरहरा र सिंहदरबारको पुनर्निमाण आगामी महिनाको अन्त्यसम्ममा सक्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले २०७२ सालकाे वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएका सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा धरहराको हाल भइरहको पुनर्निर्माण कार्यको निरीक्षण पश्चात सम्बद्ध निकायहरुलाई यस्तो निर्देशन दिएका हुन् । कोभिड–१९ को महाव्याधिले पुनर्निर्माण कार्यमा पारेको बाधाका बावजुद अहिलेसम्म भएका प्रगति सन्तोषजनक रहेकाे प्रधानमन्त्रीको भनाइ छ ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले धरहरासहित सुन्धाराको संरक्षण तथा मुद्रा संग्रहालयका निर्माण प्रगतिहरुको अद्यावधिक जानकारी लिँदै आगामी कार्यका बारेमा पनि जिज्ञासा राखेका थिए । कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्माणाधीन धरहराका दुई भूमिगत तलामा पार्किङ रहने, त्यहीँबाट १०/१० जना अट्ने क्षमताको लिफ्ट रहने तथा १८ औं तलामा घरहरासम्बन्धी डिजिटल प्रस्तुतिकरण कक्ष रहने जानकारी दिए ।

उनका अनुसार हाल २१औं तलाको ढलान सकिए पश्चात २२औं तला समेतको कार्य गरी त्यहाँ पहिले रहेको महादेवको प्रतिमा पुनर्स्थापना तथा गजुर जडान गरिनेछ ।


कस्तो लाग्यो ?

यो पनि