असार ०६, २०८१, बुधबार
               

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

लमजुङ । लमजुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको जीप दुर्घटना हुँदी त्यही आयोजनाका कामदारकाे मृत्यु भएकाे हाे ।

प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जीप आज साँझ उक्त गाउँपालिका वडा नं ६ सिमिताजेमा दुर्घटना हुँदा जीप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई, स्याङ्गा घर भएका ३४ वर्षीय इञ्जिनीयर यदुनाथ भट्टराई र तनहुँस्थित भानु नगरपालिका वडा नं १० घर भएका इन्जिनियर प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुने तीन जना र घाइते हुने एक जनासहित आयोजनामा कार्यरत चार जना कर्मचारी दुर्घटनामा परेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि